
काठमाडौं, तपाइँको रोकिएको उँचाइ होस वा कम उँचाइबाट चिन्तित मानिसहरू यो समाचारले खुसी हुन सक्दछन तर यो खुशी क्षणिक मात्र हो । मानिसहरू सुतेपछि शरिरमा बिभिन्न प्रकारका परिवर्तनहरू हुने गर्दछन । यसमध्ये एक हो, हाम्रो हाइट वा लम्बाइ बढ्नु । हजुर, हरेक रातमा सुतेपछि हाम्रो हाइट ८ मिलिमिटर वा ०.३ इन्च सम्म बढ्दछ । यो परिवर्तन बिभिन्न कारणले हुने गर्दछ । राती हामी मस्त निद्रामा हुन्छौं । यतिबेला हाम्रो शरिरको तापक्रम, हृदयको गति तथा अन्य प्रकृयाहरू भैरहेका हुन्छन । यी सब प्रक्रियाहरू मध्ये सबैभन्दा रोचक परिवर्तन भनेको हरेक रात हाम्रो हाइट ८ मिलीमीटर सम्म बढ्दछ । तर, साथै विहान उठ्ने बेलामा त्यो लम्बाइ आफ्नो सामान्य लम्बाईमा आउँदछ । हाइटमा यो परिवर्तन वर्टब्रल डिस्क को कारणले हुने गर्दछ । हाम्रो शरिरमा यो डिस्कस् गोलाकार टुक्राहरूको सेट हो जुन मोटाईमा ६ इन्च सम्म हुने गर्दछ । हरेक दिन दैनिक कार्यहरूमा अल्झिएर हामी यी डिस्कस्मा निकै भार दिने गर्दछौं । जसका कारण यी डिस्क को मोटाई केही कम हुन्छ । जब हामी आराम गर्दछौं, त्यस बेला उक्त डिस्क पुनः पुरानो अबस्थामा आउँदछ । जसका कारण हाम्रो हाइट बढ्दछ । दुर्भाग्यवश, यो परिवर्तन स्थायी भने हुँदैन । किनभने जब हामी सुतेर उठदछौं र काम गर्न थाल्दछौं । त्यसपछि हामी नार्मल हाइटमा फर्किन्छौं । जेहोस, कम हाइट भएकाहरूले यो वास्तविकता थाहा पाउँदै पक्कै पनि यो कुरा सोच्दछन होला कि शायद यो परिवर्तन स्थाइ भएको भए पनि हुने थियो नि ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!