२६ असार, काठमाडौं ।
कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल आयोजनाका लागि आवश्यक भौतिक संरचना तयार गर्न पाँच लाख नेपाली कामदार लिने भएको छ ।
नेपाली कामदार इमान्दार र मेहनी हुने भन्दै कतारले थप संख्या लिन लागेको हो ।
हाल कतारमा १ लाख ८० हजार नेपालीले काम गरिरहेका छन् । कतारमा नेपाली कामदारको अवस्था बुझेर फर्केका श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले बुधबार वैदेशिक रोजगार पत्रकार समाजको अयोजनामा भएको अन्तरक्र्रियामा मागअनुसार कामदारले फाइदा लिन नसकेको बताए । कतारमा अबका केही वर्ष नेपाली कामदारको माग उच्च हुने खबर कारोबार दैनिकमा खबर छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!