Headlines News :
Home » » कतै तपाईलाई नयाँ भाषा सिक्न गाह्रो भएको छैन ..? आनन्दले सुत्नुस ..

कतै तपाईलाई नयाँ भाषा सिक्न गाह्रो भएको छैन ..? आनन्दले सुत्नुस ..

एजेन्सी)– के तपाईंलाई कुनै नयाँ भाषा सिक्नुछ र तपाईंसँग पर्याप्त रकम छैन भने तपाईंले यसमा कुनै चिन्ता लिनु पर्दैन बरु आनन्दले सुत्नुहोस् । हो, तपाईंले सहि पढ्नुभयो । कुनै नयाँ भाषा सिक्ने सजिलो उपाय भनेको नयाँ भाषालाई सुत्ने क्रममा सुन्नुहोस् । यदि सुत्ने समयमा यदि कुनै पनि कुराहरु सुन्नुहुन्छ भने त्यसलाई तपाईंले लामो समयसम्म सम्झिनुहुनेछ । स्विटजरल्याण्डको राजधानी, जुरिकमा भएको एक अध्ययनका अनुसार जर्मन भाषी छात्र डच भाषाको नयाँ शब्दहरुलाई त्यतिबेला राम्रोसँग याद गर्नसक्छन् जब उनीहरुलाई यो शब्द फेरिपनि निदाउने क्रममा सुनाइन्छ । यो अध्ययनका निर्देशकका अनुसार नयाँ भाषा सिक्नका लागि एउटा निकै सजिलो उपाय छ र यो तरिकालाई जो कोहीले पनि अपनाउन सक्छन् । यो प्रयोगमा डच भाषा सिक्ने ६० छात्राहरुलाई राती १० बजे केहि शब्द पढ्नका लागि दिइयो । त्यसपछि आधा छात्राहरुलाई सुत्नका लागि पठाइयो र उनीहरुलाई सुत्ने क्रममा ती सबै शब्दहरुलाई इयरफोनमार्फत सुनाइयो जसलाई बाँकी नसुतेका विद्यार्थीहरुले पनि सुनेका थिए । बिहान यो परिक्षणको नतिजा केहि भिन्न प्रकारको आयो । जुन छात्राहरुलाई निन्द्राको क्रममा शब्दहरु सुनाइयो, ती छात्राहरुलाई, जागा बसेका छात्राहरुको तुलनामा, धेरै गुणा बढि शब्दहरु याद थियो । यदि तपाईंलाई कुनै भाषा सिक्नु छ भने तपाईं यसलाई निदाउन क्रममा नै सिक्न सक्नुहुन्छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts