असार १९ ,लन्डन । बेलायतमा १२ वर्षीय एक बालिकाले छोरी जन्माएकी छन् । अचम्म त यो छ कि छोरीको पिता पनि भर्खरै १३ वर्षमा प्रवेश गरेका छन् ।
लन्डनका १२ वर्षीय ती बालिकाले गत साता ७ पाउण्ड तौलकी छोरी जन्माएकी हुन् । आमा र शिशु दुवै स्वस्थ्य रहेका छन् । जबकी बालिकाकै आमाको उमेर भर्खरै २७ वर्ष पुगेको छ ।
११ वर्षकै उमेरमा गर्भवती भएकी ती बालिकाले आफ्नै छिमेकका १३ वर्षीय बालकसँग शारीरिक सम्बन्ध राखेकी थिइन् । आमाबाबु बनेका बालक र बालिकाका दुवै परिवारले सो शारिरीक सम्बन्धप्रति सकारात्मक हुँदै सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् ।
लण्डनको प्राथमिक तहमा अध्ययन गर्दै आएकी बालिका केही महिनादेखि विद्यालय जान छोडेकी थिइन् । उता बालिकाकी आमा भने २७ वर्षमै हजुरआमा बन्न पाएकोमा खुशी छिन् ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!