एजेन्सी)– एक दिनमा लगातार तीन घण्टा वा त्योभन्दा बढि समयसम्म टेलिभिजन हेर्ने मानिसहरुभन्दा कम टिभी हेर्ने व्यक्तिको धेरै समय बाँच्ने एक नयाँ अनुसन्धानले बताएको छ ।
चीनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, अमेरिकन हार्ट असोसियसनका अनुसन्धानकर्ताहरुले तीन किसिमको सुस्त व्यवहार र सबैको कारणहरुः टेलिभिजन हेर्ने समय, कम्प्युटरमा काम गर्ने समय र सवारीसाधन चलाएको समयमा हुने मृत्युको खतराको बिचको सम्बन्ध पत्ता लगाउनका लागि स्प्यानिस युनिभर्सिटीका १३ हजार २८४ युवाहरुको मुल्यांकन गरिएको बताएको छ । एक दिनमा तीन घण्टाभन्दा बढि समय टेलिभिजन हेर्ने व्यक्तिको मृत्युको सम्भावना कम टेलिभिजन हेर्ने व्यक्तिको भन्दा दुई गुणा बढि हुने अनुसन्धानले बताएको छ । कम्प्युटरको प्रयोग अथवा सवारी साधन चलाउनमा बिताएको समय र सबै कारणबाट हुने अकाल मृत्युको उच्च खतराको बिच कुनै पनि महत्वपूर्ण सम्बन्ध नरहेको पनि उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!