Headlines News :
Home » » म बौलाएँ भन्ने सडकमै गुन्द्रीसँग सम्भोग गर्छु

म बौलाएँ भन्ने सडकमै गुन्द्रीसँग सम्भोग गर्छु

मान्छे बौलाएपछि कस्को के लाग्छ र ? अब बौलाएकै घोषणा गरेर कामकुरो गर्न थालेपछि देखिनसक्नु हुँदो रहेछ । अमेरिकामा यस्तै भएको छ । एक ३५ वर्षका पुरुषले मूल सडकको छेउँमै सबैले देख्ने गरी प्लास्टिकको हावा भरिने गुन्द्रीसँग सम्भोग गरिरहेको अवस्थामा पक्राउ परे । एडविन टोबर्गटा नामकी ती पुरुष गएको वर्ष पनि आफ्नै घरको अगाडि केटाकेटीहरुलाई देखाएर यस्तै प्लास्टिकको म्याट्रेससँग यौनक्रिडा गरिरहेको अवस्थामा पक्राउ परि ११ महिना जेलको हावा समेत खाएका थिए । जेल सजाय भुक्तान गरेर समेत उनको बानी सुधि्रएन र फेरि उनले सार्वजनिक सडकमै यस्तो तमासा देखाए । फुल्ने प्लास्टिकको गुन्द्रीसँग यौनक्रिडा गरिरहँदा उनले कालो टिसर्ट लगाएका थिए जसमा लेखिएको थियो, ‘म दिमाग वीहिन भएको. छु, कृपया मलाई सन्देश छाड्नुहोला ।’ बुधबार उनी ओहियोको ह्यामिल्टनस्थित सार्वजनिक सडकमा यस्तो अश्लील कार्य गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनीमाथि अदालतको अवहेलनाका साथै सार्वजनिक दूराचारको अभियोग लगाइएको छ । स्मरण रहोस् सन् २००२ मा उनी छिमेकीलाई देखाउँदै नक्कली फर्सीसँग सेक्स गरेको अभियोगमा समेत पक्राउ परेका थिए ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts