एजेन्सी)– चर्चित टेलिभिजन प्रस्तोता जिमी सैविलेको बारेमा एक सनसनीपूर्ण खुलासा भएको छ ।
उनले २८ वटा अस्पतालहरुमा चार दशकभन्दा बढि समयसम्म पाँचदेखि ७५ वर्षका बिरामीहरुको यौन शोषण गरेको एक अनुसन्धानले बताएको छ । नेशनल हेल्थ सर्भिसेजको रिपोर्ट अनुसार सैविले अस्पतालको मूर्दाघरमा राखिएको लासहरुसँग सेक्स गर्ने गर्दथे । लासहरुको आँखा निकालेर उनले गहना बनाउने गर्दथे । आँखाबाट बनाएको औंठी उनले आफ्नो औँलामा लगाइएको देखाइएको छ । सन् १९२६ को अक्टोबर ३१ मा ब्रिटेनको लिड्समा उनको जन्म भएको थियो । उनी रेडियो १ डिजेसँगै बिबिसीका प्रस्तोता पनि थिए । ८४ वर्षको उमेरमा २९ अक्टोबर, २०११ मा उनको मृत्यु भएको थियो । मृत्यु हुने एक वर्षपहिले पनि सैविलेमाथि बच्चाहरुको यौन शोषणको आरोप लागेको थियो । रिपोर्टका अनुसार उनले धेरैजसो बच्चाको यौन शोषण गरेको बताइएको छ । उनले पाँच वर्षका करिब १०३ जना बच्चाहरुलाई आफ्नो यौन शिकार बनाएको बुझिएको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!