कञ्चनपुर, श्रावण ८ । कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा हिजो दिउँसो बच्चा जन्माएर भागेकी एक महिलाको अझै फेला पत्तो लाग्न सकेको छैन । अस्पतालको आकस्मिक उपचार कक्षको शौचालयमा बच्चा जन्माई शिशुलाई त्यही छाडेर महिला फरार भएकी थिइन् । दिउँसो अचानक आकस्मिक कक्षमा आएकी ती महिलाको नाम पनि खुलेको छैन । उनीसँगै आएका एक पुरुष पनि भागेका छन् । हिजैदेखि महिलाको खोजी भएपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । चार दिनदेखि दिशा नभएको भन्दै अस्पालत पुगेकी ती महिलाको अस्पतालले इन्ट्री समेत गरेको छैन । भुँईमा फालिएको शिशुलाई तत्काल नर्सहरुले फेला पारी स्याहारसुसार गरी प्रसुती वार्डमा भर्ना गरेका छन् । बच्चाको अवस्था भने सामान्य रहेको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!