बेल्जियमकी एक महिलाले एक बर्षसम्म श्रीमानको मृत शरिरसँग सुतेको प्रहरीले पत्ता लगाएको छ ।
पछिल्लोबर्ष नोभेम्बर मा उनको श्रीमान मार्शेल एचको ७९ बर्षको मृत्यु भएको थियो । तर, श्रीमानलाई अत्यन्तै माया गर्ने ती श्रीमतीले आफ्नो श्रीमानको दाहसंस्कार समेत नगरेर मृत शरिरसँग सुत्ने गरिन ।
फ्लाट लिएर बसेकी उनले लामो समयसम्म फ्लाटका भाडा नतिरेपछि घरमालिकले नोभेम्बर १ का दिन प्रहरीमा उजुरी दिएका थिए । घरमालिकका उजुरी अनुसार घरमा आएको प्रहरीले त्यहाँको स्थिति देखेर अचम्मै परे ।
अचम्मको कुरा त एकवर्षसम्म मृत शरिर रहेको सो घरमा कतैबाट पनि मरेको मानिसको गन्ध नआएको र थाहा नपाएको छिमेकीहरुले बताए । पुलिसका अनुसार लास सबै सडेर हड्हिरु मात्र बाँकी रहेका थिए ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!