Headlines News :
Home » » बच्चालाई जन्मदिने बित्तिकै संसारबाट विदा हुनेछिन यी महिला

बच्चालाई जन्मदिने बित्तिकै संसारबाट विदा हुनेछिन यी महिला

कुन आमाको लागि सह्य होला यस्तो जसले आफूले जन्मदिएको बच्चाको अनुहार पनि हेर्न नपाई संसारबाट विदा हुनुपर्नेछ । दिमागी रुपमा ब्रेनडेथ भएकी क्यानाडाकी राबिन नामकी एक महिलाले आफ्नो बच्चालाई जन्मदिने वित्तिकै यस संसारबाट विदा हुनेछिन । उनलाई विदा दिईनेछ । २०१३ को डिसेम्बर अन्तिम हप्ताहको विहान उनको टाउको जोडसँग दुख्यो । उनले आफ्ना श्रीमान बेनसोन डोलानलाई टाउको दुखेको औषधि ल्याउन अह्राइन । श्रीमान उनलाई छोडेर औषधि लिन बाहिर निस्कए । तर, घर फर्कदा आफ्नी श्रीमतीलाई बेहोस भएर पल्टिरहेको अबस्थामा पाए । डेलानले श्रीमतीलाई हतार–हतार उठाएर नजिकैको अस्पतालमा पु¥याए । तर, अस्पतालमा उनको ब्रेनडेथ भइसकेको घोषणा डाक्टरहरूले गरिदिए । तर, उनको पेटमा रहेको २२ हप्ताको बच्चालाई बचाउनका लागि भने अहिले उनलाई भेन्टिलेटरमा राखेर कृतिम स्वास दिइएको छ । उनको पेटमा हुर्किरहेको बच्चाको अबस्था स्वस्थ रहेको र बच्चालाई अप्रेसन गरेर निकालिने पनि विक्टोरिया जनरल अस्पतालका प्रवक्ताले जनाएका छन् । बच्चालाई निकालेपछि उनलाई मृत घोषणा गरिनेछ । । डेलान एकातिर नयाँ बच्चालाइ हेर्न र पिता बन्नका लागि आतुर रहेको छन् भने अर्कोतिर बच्चालाई जन्माउनसाथ आफ्नी प्यारी श्रीमतीलाई आफूबाट मात्र नभएर संसारबाट विदा दिनुपर्ने पीडामा रहेका बताउछन् रोबिनका श्रीमान । ३२ वर्षीय डेलान भन्छन “मलाई उनको खुब याद आउनेछ ।” ऐजेन्सी
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts