Headlines News :
Home » » विदेशमा बसेको युवक सँग पैसा लिएर जाली प्रेमिकाले अर्कै सँग विवाह गरी

विदेशमा बसेको युवक सँग पैसा लिएर जाली प्रेमिकाले अर्कै सँग विवाह गरी

२२ असार । विदेशमा बसेर कमाएको ५६ हजार भन्दा बढी रुपैयाँ लिएर धोका दिने प्रेमिकाबाट खोटाङका सुवोध राईले प्रहरी लगाएर पैसा उठाएका छन् ।
वैदेशिक रोजागारीका लागि मलेसियामा पुगेका राईलाई धोका दिने युवतीसँग राईले पैसा असुल गरेका हुन् । खोटाङको नुनथला–८ स्थाीय घर भएका सुबोध राईले विभिन्न समयमा प्रेमिकालाई पठाइदिएको रकम प्रहरीको सहयोगमा फिर्ता लिएका हुन् ।
तीन वर्षको प्रेम सम्बन्धका बीचमा विभिन्न समयमा राईसँग लिएको पैसा नतिरी आफूलाई छोडेर धोका दिने प्रेमिकासँग राईले पैसा उठाएका हुन् ।
राईले २०७० असार–३१ गतेका दिन ‘सँगै मर्ने र सँगै बाँच्ने’ कसम खाएर वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राईले प्रेम गरेको अवधिमा प्रेमिकालाई पठाएको रु ५६ हजार २५० प्रहरीको सहयोगमा फिर्ता लिएका हुन् । अहिले मलेसियामा रहेका राईले टेलिफोन मार्फत जानकारी दिदै भने विभिन्न बहानामा पैसा लिएकी प्रेमिकाले धोका दिएर अर्कैसँग विवाह गरेपछि प्रहरीको सहयोगमा रकम फिर्ता लिए ।
तीन वर्ष अघि देखि चलेको प्रेम सम्बन्धलाई राई विदेशबाट फर्किएपछि विवाह गर्ने सर्तमा अघि बढाएका जोडीको बीचमा प्रेमिकाले धोका दिएपछि राईले प्रहरीको सहायतमा मलेसियाबाट मासिक रुपमा खर्च पठाइ दिएको रकम प्रहरीको साहायतामा फिर्ता लिएका हुन् । प्रेमिकाले अर्कैसँग विवाहा गरेको थाहा पाएपछि आफूले पठाएको रकम फिर्ता लिएको राईले बताए ।
मलेसियामा रोजगारीका लागि पुगेका राईले विभिन्न समयमा प्रेमिकालाई पैसा पठाउनका लागि आइएमई गरेको १४ वटा बिलसहित प्रहरीसमक्ष रकम फिर्ताका लागि उजुरी दिएका थिए । राईको उजुरीको अनुसन्धान गर्दै प्रहरीले राईको सबै पैसा फिता लिएको हो ।
राईलाई प्रेमिकाले धोका दिएपछि फेसबुक र फोन मार्फत अपशब्द बोल्ने र गाली गर्ने गरेपछि राईले प्रहरीमा उजुरी दिएर फोनबाट बारम्बार ताकेता गरेका थिए । अन्तिम समयमा राईकी प्रेमिकाले े राईका साथी राजन भट्टराईमार्फत रकम फिर्ता दिएकी हुन् ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts