Headlines News :
Home » » मरेकी हजुरआमाले आफ्नै तस्विर पठाएपछि (तस्विर सहित)

मरेकी हजुरआमाले आफ्नै तस्विर पठाएपछि (तस्विर सहित)

रोमानियाकी एक महिलाले आफ्नी मरेकी हजुर आमाले फोनमा सेल्फी अर्थात आफैले खिचेको तस्विर पठाएको दावी गरेकी छिन् । ती महिलाको दावी पछि दक्षिणी रोमानियामा एक गिर्जाघरको बाहिर पट्टी यस बारे जानकारी लिन चाहने मानिसहरुको भिड नै लागेको छ । डेली मेलका अनुसार गीना मिहाइ नामकी ती महिलाले आफूले फोन स्वीच अन गर्दा हजुर आमाको तस्विर फोनमा देखिएको दावी गरेकी हुन् ।
तस्विरमा हजुर आमाको घाँटीमा सर्पले बेरेको जस्तो र कुनै ठूलो सुरुङभित्र बसेर खिचेको जस्तो देखिएको उनले बताइन् । आफूलाई एक ज्योतिषले हजुरआमालाई अर्को लोकमा सजायँ दिइरहेको बताएको र अहिले तस्विर पठाएर हजुर आमाले सहयोग मागेको उनको भनाइ छ । अहिले मिहाइले गिर्जाघरमा प्रार्थना गरिरहेकी छिन् ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts