टोकियो, जापानका एक नेता रुइयूतारो नोनोमुरा हिजोआज इन्टरनेट सेन्सेशन बनेका छन । जापानको न्यूज च्यानलहरूमा लगातार उनको प्रेस कन्फ्रेन्सका क्रममा एक बच्चाको जस्तो व्यवहारलाइ देखाइरहेको छ । पुरै तीन घण्टा सम्म चलेको उक्त प्रेस कन्फ्रेन्सको उक्त भाग मात्र निकै लोकप्रिय भएको छ । जसमा उनी पत्रकारहरूको प्रश्नको जबाफ दिँदा दिँदै क्वाँ क्वाती बच्चाले जस्तै रून थाले नोनोमुरामाथि पब्लिक फण्डबाट करिब १७ लाख रूपैयाँ धाधली गरेको आरोप लागेको छ । यस सम्बन्धमा पत्रकारलाइ सफाई दिँदै उनले भने, ‘यो जापान…(क्वाँक्वाँ रूँदै)…म यस सोसाइटीमा परिवर्तन ल्याउन चाहन्छु,…(रूँदै)…मैले आफ्नो पुरा जिन्दगी दाउमा लगाएँ…(रूँदै)…तपाइँहरू किन यो कुरा बुझ्नुहुन्न…’. गत मंगलवार जापानको कोब शहरमा यो प्रेस कन्फ्रेन्स भएको थियो । अहिले उक्त भिडियो इन्टरनेटमा निकै भाइरल भैरहेको छ । भिडियो हेर्नुहोस । -
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!