Headlines News :
Home » » नेपालमा नेता र कलाकारले प्रयोग गर्ने कण्डमको मुल्य ८००

नेपालमा नेता र कलाकारले प्रयोग गर्ने कण्डमको मुल्य ८००

मानिसको गर्भनिरोधको मूख्य साधनहरु मध्ये कण्डम मुख्य हो । कण्डम खासगरि दुई किसिमका हुन्छन् । पुरुष कण्डमकोबारेमा अधिकांशलाई जानकारी भएपनि महिलाले प्रयोग गर्ने कण्डमकोबारेमा भने कमै मान्छे मात्रै जानकार छन् । कण्डम प्रयोग गर्नेहरु धनी र करिव तथा उचनिच भन्ने पनि हुँदैन । तर यसको प्रयोगकाबारेमा भने खुलेर कुरा गर्न अधिकांश मान्छे हिच्चिाउँछ । कण्डम मात्र होइन, यौन सन्तुष्टी पुरा गर्न बजारमा विभिन्न किसिमका सेक्स टोयहरु पनि पाइन्छन् । हिजोआज नेपालीहरुले महंगोखालको सेक्स टोयहरु प्रयोग गर्न समेत थालेका छन् । त्यसैले पहिले–स्वास्थ्य केन्द्रहरु तथा बजारमा गोप्य रुपमा लिने गरिएपनि सवैको सुविधाको लागि कण्डम तथा सेक्सटोयहरु विक्री गर्ने छुट्टै पसलहरु नै खुल्न थालेका छन् । कण्डम व्यवसाय कस्तो व्यवसाय हो त, राजधानीको सुनधारामा अवस्थित कण्डम हाउसका सञ्चालक योगेश न्यौपाने भन्छन्– ‘मानवको सबैभन्दा आधारभुत आवश्यकता यौन हो । यसलाई सहि रुपमा व्यवस्थित गर्न जान्दा जीवन गुणस्तरीय बन्छ, ब्वस्थित गर्न नजान्दा जीवन बर्बाद हुन्छ ।’ उनी यौन चाहनालाई सहि रुपमा व्यवस्थित गर्न र अनिइच्छुक गर्भधारण रोक्न तथा विभिन्न रोगको संक्रमणबाट बच्नको लागि कण्डमको आवश्यकता पर्ने भएकोले नै सोही आवश्यकतालाई मध्यनजर गरेर यो व्यवसाय शुरु गरेको बताउँछन् । मानिसहरुमा सेक्सकोवारेमा कुरा गर्नलाई हिच्किचाहट अहिले पनि छ । पहिले यो व्यवसाय शुरु गर्दा पनि मानिसहरु खुलेर कुरा गर्न नसक्ने तथा लजाउने अवस्था थियो, न्यौपाने भन्छन्–‘यद्यपी पहिलेको तुलनामा अहिलेको अवस्था अलिकति फरक हुँदै गएको छ ।’ खासगरि कण्डमहरु बिभिन्न बहुराष्ट्रिय कम्पनीले नै उत्पादन गर्दै आएका छन् । कण्डमको उत्पादन नेपालमा अहिले सम्म पनि हुन सकेको छैन । नेपालमा धेरै समयअघिदेखि सीआरएस कम्पनीले कण्डमको विक्रीवितरण गर्दै आएको छ । सीआरएस पनि बहुराष्ट्रिय कम्पनीको आधिकारिक बिक्रेता हो । सीआरएस मात्र नभई पछिल्लो समय अन्य विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा विभिन्न किसिमका कण्डमहरु भित्र्याईरहेका छन् । नेपालमा चीन, जापान, कोरिया, थाइल्याण्ड, मलेसिया, भारत लगायतका देशहरुबाट कण्डम आउने गरेको छ । सेक्स टोयहरु भने विशेष गरि चीन र थाइल्याण्डबाट आउने कण्डम हाउसका सञ्चालक न्यौपाने बताउँछन् । सेक्सको लागि कण्डम कत्तिको जोखिम मुक्त छ ? कण्डमको प्रयोग अत्याधिक मात्रामा हुने भए पनि यसको प्रयोग पनि उत्तिकै जोखिमयुक्त पनि छ । कण्डम प्रयोग गर्ने तरिकामा भर पर्दछ । सवै भन्दा पहिले कण्डम के हो र यसका फाइदा बेफाइदा के–के छन भनेर जान्न आवश्यक छ । कण्डम प्रयोगको बारेमा स्वास्थ्य संस्थाहरुबाट परामर्श लिने प्रचलन यसअघि हुँदै आएकोमा हिजोआज कण्डममात्र विक्री गर्ने त्यस्ता पससहरुले समेत कण्डम प्रयोग गर्ने तरिकाहरु सिकाउँने गर्दछन् । पुरुष कण्डमबारेमा धेरै मानिसहरु जानकार भएपनि महिलाले प्रयोग गर्ने कण्डमबारेमा ज्ञानको कमीका कारण केही अन्यौलहरु पनि रहेका छन् । कण्डम सहिरुपमा प्रयोग गर्नको लागि त्यसको थिकनेस (मोटाई), कुन पदार्थबाट बनेको हो र त्यसमा भएको चिल्लो पदार्थकाबारेमा जानकारी हुनुपर्ने कण्डम हाउसका सञ्चालक न्यौपाने बताउँछन् । महंगो कण्डम किन्नेमा कलाकारदेखि नेता सम्म कण्डम यौन सन्तुष्टि, सुरक्षाको लागि प्रयोग गर्ने कुरा हो । त्यसका लागि विशेष कण्डम पनि छन्, जुन यौन सन्तुष्टी र सुरक्षा दुबै हिसाबले राम्रा हुन्छन् । आर्थिक हिसाबले पनि ती अलि महंगो नै हुन्छ । यस हिसावले यौन सन्तुष्टिको लागि धेरै खर्च गर्ने पनि छन् । खासगरि ठूला घरानाका उद्योगी ब्यवसायीहरु महंगा खालका कण्डोमहरु प्रयोग गर्छन् । तर महंगो कण्डम प्रयोग गर्नेमा ठूला उद्योगी–ब्यवसायी मात्र होइन, कलाकार र नेताहरु पनि पर्दछन् । आफ्नो पसलमा महंगो किसिमको कण्डम तथा सेक्स टोयहरु किन्न नेता–कलाकारहरु पनि आउने कण्डम हाउसका सञ्चालक न्यौपाने बताउँछन् । यौन सबैलाई आवश्यक पर्ने कुरा भएकाले यसमा खास कुनै वर्ग भन्ने चाँही नहुँने उनको तर्क छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts