नयाँ दिल्ली, छिमेकी मुलुक भारतमा अचम्मको घटना घटेको छ । यहाँको हरियाणा प्रदेशमा एउटा कुकुरले तीन वटा विरालोलाइ जन्म दिएपछि यस घटनाले निकै चर्चा पाएको छ । हरियाणाको मुआना गाउँमा यो घटना भएको कुरा यहाँका स्थानीय अधिकारीहरूले जनाएका छन । समाचार अनुसार कुकुरले विरालोको बच्चा जन्माएपछि गाउँभरी तथा टाढा टाढाका मानिसहरू समेत उक्त विरालो र कुकुर हेर्नेका लागी गाउँमा जम्मा हुन थालेका छन । अब यस घटनाका सम्बन्धमा पशु विभागले बच्चाको डीएनए जाँच गराउने जनाएको छ । डीएनए जाँचपछि मात्र यस कुराको बारेमा सबै कुरा स्पष्ट हुने बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले जनाए अनुसार गाउँको रामधारी जाँगडाको घरमा गत ११ जुलाईका दिन उक्त कुकुरले ३ वटा विरालोको बच्चा जन्माएपछि थप ३ वटा भने कुकुरकै बच्चा जन्माएको बताइएको छ । त्यसको दोस्रो दिन कुकुरले पुनः अर्को एउटा विरालोको बच्चा जन्माएको बताइएको छ । सबै बच्चाले सहज ढंगले आमाको दुध भने नखाएको बताइन्छ । अहिले ती बच्चालाइ मानिसहरूले निप्पलबाट दुध पियाउने गरेका छन । यस घटनाले अहिले मिडियाहरूमा निकै चर्चा पाएको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!