Headlines News :
Home » » तपाईंको राशीफल आज मिति 2014-08-03 तारिख, २०७१ साल श्रावण शुक्लपक्ष सप्तमी तिथि, साउन १८ गते आइतवार अनुसार तपाईंको राशीफल

तपाईंको राशीफल आज मिति 2014-08-03 तारिख, २०७१ साल श्रावण शुक्लपक्ष सप्तमी तिथि, साउन १८ गते आइतवार अनुसार तपाईंको राशीफल

राशिफल
 मेष मेष (चू चे चो ला ली लु ले लो अ)
ब्यापार चामत्कारीक रुपमा नाफामा जानेछ । आर्थिक कारोबार नाफामा गएसँगै ठुलो लागानीको योग रहेको छ । अरुप्रति गलत धारणा राख्नु तपाईंको लागि प्रत्युत्पादक हुनेछ । दिनको अन्त्यतिर स्वास्थ्यमा बाधा आउला ।
वृष
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
स्वास्थ्यमा समस्या देखिन सक्छ । गुप्त चिन्ताले सताउने छ । आयका बाटाहरु बन्द हुनेछन् । नराम्रो समाचारले मर्माहत तुल्याउनेछ । पारिवारिक किचलोले प्रदेशको बास हुने खतरा पनि उत्तिकै रहेको छ ।

मिथुन
 मिथुन (का कि कु घ ङ छ के को हा)
समय सकारात्मक रहेको छ । लगानीका अवसर प्राप्त हुनेछन् । कार्यमा भाग्यले साथ दिनेछ । इच्छित कामना सिद्ध हुनेछ । आध्यात्मिक काममा खुलेरै खर्च हुने योग छ । शुभ समाचार सुन्न पाउनु होला ।

कर्कट
 कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक कारोवारमा ध्यान पुर्‍याउनु होला अन्यथा धन गुम्न सक्छ । रमाइलो यात्राको अवसर आउनेछ । तपाईंमा देखिएका मनसिक विचलनले काममा बाधा पुग्ने छ । गुमिसकेको धन पुनः हात लाग्ने छ ।

 सिंह
सिंह (मा मि मू मे मो टा टी टु टे)
अनुत्पादक ठाउँमा लगानी पर्न सक्छ सोचेर ब्यवहार गर्नुहोला । नगदमूखी ब्यापार शुभ रहेको छ, उधारो ब्यापार नगर्नु होला । सोच्दै नसोचेको काममा खट्नु पर्ने हुनसक्छ, मूल काम अधुरो रहला ।

कन्या
कन्या (टो प पी पु ष ण ठ पे मो)
बैदेसिक काम बन्ने छ । मुल सम्पत्तिको प्रयोग गर्दा ध्यान पुर्‍याउनु होला, धन गुम्ने योग रहेको छ । आर्थिक कारोवार घाटामा जानेछ । छिट्टै रिसाउने तपाईंको प्रवृतिले मित्रहरु टाढिने छन् ।

 तुला
तुला (र री रु रे रो ता ती तू ते)
समय आफू अनुकूल रहेको छ । केही महत्वपूर्ण निर्णय लिने बेला आएको छ । तपाईंको बिचारको अरुद्वारा कदर हुनेछ । सात्विक बिचारको भरमा तपाईंको तार्किक विजय हुने योग रहेको छ । आत्मबल उच्च रहनेछ ।
वृश्चिक
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आर्थिक कारोवारको क्रममा झगडा हुने समय छ सोचेर ब्यवहार गर्नुहोला । झुठा आरोप मुद्धाले तपाईंलाई निराश बनाउने छ । बहुमूल्य सम्पत्ति गुम्ने पनि उत्तिकै खतरा रहनेछ । कामबाट अपजश पाइनेछ ।

 धनु
धनु (य यो भा भी भू ध फा ढ भे)
साहसिक कार्यमा ध्यान जानेछ । कलाकारितामा सफल बनिनेछ । आर्थिक स्थिति मजबुत बन्ने छ । तपाईंको कमजोर सोचको कारण अरुको सहयोग बन्द हुनेछ । यात्राको समेत योग रहेको छ ।

मकर
 मकर (जो जा जी खी खू खे खो गा गी)
पढाई लेखाइमा ध्यान जानेछ । विद्वनको सङ्गत र परामर्श प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा लगानीको शुभ योग रहेको छ । कार्यमा सफलतासँगै सहयोगका लागि आश्वासनहरु आउने छन् ।

कुम्भ
 कुम्भ (गू गे गो सा सी सु से सो द)
तपाईंमा देखिएको वैचारिक अष्पष्टताको बिपक्षिहरुले अधिकतम फाइदा लिने छन् । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाउनु हुनेछ । आत्मज्ञानमा रुची हुनेछ । स्वास्थ्य शुभ रहनेछ । समयले साथ दिनेछ ।

मीन
मीन (दि दू थ भ ञ दे दो चा ची)
तपाईंको बिरोध गर्नेहरु बढ्नेछन् । अरुको कुरा सुन्ने बानिले तपाईंलाई नै घाटा हुनेछ । आर्थिक रुपमा कमजोर बनिनेछ । गुप्त चिन्ताले सताउने छ । बैदेसिक कार्यमा भने सफल बनिनेछ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts