Headlines News :
Home » » फिस्टेल हेलिकोप्टरको पखेटाले टाउको छिनायो

फिस्टेल हेलिकोप्टरको पखेटाले टाउको छिनायो

काठमाडौं : अवतरण गर्न लागेको फिस्टेल हेलिकोप्टरको पछाडि पछाडितर्फको पखेटामा ठोक्किएर सिन्धुपाल्चोकको लास्ट रिसोर्टका एक कर्मचारीको मृत्यु भएको छ। हेलिकोप्टर अवतरण गरिरहेको अवस्थामा ती कर्मचारी दौडिदै नजिक पुगेपछि पखेटाले टाउकोमा लागेको थियो । पखेटामा ठोक्किएर कर्मचारीको टाउको नै उछिट्टिएको स्रोतले बतायो । साढे दुई बजेतिर यो घटना भएको हो। हेलिकोप्टर भने सुरक्षित रहेको छ। सुनकोशीमा पहिरोमा परी घाइते भएका व्यक्तिहरुको उद्धार तथा राहतका लागि हेलिकोप्टर त्यहाँ लगिएको थियो। ठोक्किएको हेलिकोप्टर नाइन एन ए जे आइ रहेको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts