Headlines News :
Home » » कमाउन साउदी गएका बाबु कोमामा, आमा पोईल गईन् , छोराछोरीको विचल्ली .

कमाउन साउदी गएका बाबु कोमामा, आमा पोईल गईन् , छोराछोरीको विचल्ली .

भक्तपुर, श्रावण ३१ - चाँगुनारायण ७, मिजार टोलका रामकृष्ण सार्की परिवारको भविष्य उज्ज्वल बनाउने सपना बुन्दै साउदी अरब छिरेका थिए। तर उनको आशा निराशामा बदलियो। उनको स्वास्थ्यले साथ दिएन। एक्कासि मुटु दुख्यो भनेर साथीहरूले अस्पताल लैजाँदा उनको शरीरका अङ्गले काम गर्न छाडिसकेको थियो। उनी हाल कोमामा छन्। साउदीमा ४ वर्ष कमाएको पैसा ३ महिना उपचार गर्दैमा सकियो। रामकृष्णको कमाइले नपुगेपछि कम्पनीले उनलाई वैशाख १६ मा नेपाल फर्काइदियो। पति कोमामा भएको खबर पाएलगत्तै २ छोरी र एक छोरालाई छाडेर पत्नी पोइल गइन्। अहिले छोराछोरीको बिचल्ली छ। रामकृष्णलाई साउदीबाट सीधै वीर अस्पताल ल्याइएको थियो। तर उनको उपचार भने हुन सकेन। '३ महिनामा ३ लाखभन्दा बढी सकियो,' उनका बुवा चतुरे सार्कीले भने, 'परिवारमा कमाउने कोही छैन, भगवान् भरोसामा घरमा ल्याएर राखेका छौं।' गाउँमा चन्दा उठाएर घर खर्च गर्नुपरेको छ। जग्गा पनि घडेरी मात्र छ, उनले भने। उनका ३ सन्तानलाई कापी कलम किन्नेसम्म पैसा छैन। 'नातिनातिना हेरौं कि छोराको सेवामा बसुँ, घरमा एक चिम्टी अन्न छैन,' उनकी वृद्धा आमा माया सार्कीले भनिन्, 'चन्दाको भरमा बस्नुपरेको छ, चन्दा पनि कति कसलाई मागौं।' वीर अस्पतालका डाक्टरले उपचारको कुनै औचित्य नभएको भन्दै डिस्चार्ज गरेका छन्। 'अस्पतालमा डाक्टरले केही उपाय छैन, उनको उपचार गर्न तपाईंको घरखेतले पनि पुग्दैन भने।' रामकृष्णका बुवाले भने, 'डाक्टरले घर लगेर राख्नुस् भनेपछि ३ महिनामा घर ल्याइएको हो।' अहिले बिहान र बेलुका हातमुख जोर्न पनि समस्या भएको उनले बताए। 'साउदीमा राम्रै कमाइ थियो, आफ्नै पेसा भएकाले पनि सजिलो छ भन्थ्यो,' उनकी आमाले रुँदै भनिन्, 'अहिले छोराको यो अवस्था छ, टुलुटुलु हेरेर मात्र बस्छ, हाम्रो स्याहारसुसार गर्नुपर्ने बेलामा उनलाई हेर्नुर्परेको छ।' उनी साउदीमा जुत्ता सिलाउने काममा गएका थिए। गाउँले सबैको २००/५०० रुपैयाँ चन्दामा बस्नुपरेको आमा-बुवाको गुनासो छ। उनका छोराछोरी १५ वर्षीया सविता, १२ वर्षीय सरोज र ८ वर्षीया सलिना बिहान, बेलुका बुवाको स्याहारमा हुन्छन् भने, दिनभरि बिरामीको सेवामा आमा-बुवा कुरिरहेका हुन्छन्। भएको जग्गाजमिनको अन्नले पनि नपुग्ने उनीहरू बताउँछन्। आजको इकान्तिपुरमा खवर छ
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts