अहिलेको चीनको जनसंख्या र त्यहाँ उत्पादन आधुनिक उपकरणले चीन विश्वमै चम्किएको छ । अहिले चीन भ्रमण गर्ने जो कोहीले पनि अग्ला अग्ला भवन र चीनले गरेको आधुनिक विकाश देख्छ ।
चीन यो दुनियाँमा सबैभन्दा द्रुत गतीमा विकाश भएका देश मध्येमा अग्रस्थानमा आउँछ । अहिलेको चीन हेर्दा १०० वर्ष अघिको चीन यस्तो थियो होला भनेर अनुमान गर्न पनि कठिन छ ।
१०० वर्ष अघिको चीन आजको तुलनामा नितान्त फरक थियो । यस्तो चीनको अनुमान गर्न अहिले कठिन छ किन भने त्यतिबेला चीन अहिलेका अफ्रिकी महादेशका सबैभन्दा पिछडिएका देश जस्तै लाग्थ्यो ।
प्राकृतिकरुपमा अहिले भन्दा सुन्दर भएपनि विकाशको नाममा चीनमा केही पनि भएको थिएन भन्दा पनि हुन्छ । चीनलाई पनि बेलायत, जर्मनी, फ्रान्स र रुस तथा अमेरिकाले बाँडिचुँढी उपनिबेस बनाएर राखेका थिए ।
चीन स्वाधिन हुने मात्र होइन त्यहाँ भएको
कम्युनिष्ट क्रान्तिले त्यहाँको मुहार नै बदल्यो । अहिले चीन विश्वको
दोश्रो अर्थतन्त्र हो भने अव केही वर्षमा अमेरिकालाई पनि उछिन्ने तयारीमा छ
।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!