Headlines News :
Home » » घडीबाटै फेसबुक चलाउन मिल्ने

घडीबाटै फेसबुक चलाउन मिल्ने

विश्व बजारमा अहिले फेसबुक चलाउन मिल्ने प्रविधिको घडी सार्वजनिक गरिएको छ । 'मार्सल वाच' नाम दिइएको उक्त घडीले फेसबुक स्टाटस अपडेट गर्न मिल्ने, सन्देशहरु पढ्न तथा सुन्न मिल्ने तथा नजिकको एरियामा भएका रेष्टुरेन्टको बारेमा समेत जानकारी दिने कम्पनीले दाबी गरेको छ । साथै उक्त घडीमा तस्विर खिच्न सक्ने सुविधा पनि रहेको छ । यसमा एउटा माइक्रोफोन पनि जडित हुनाले त्यसकै माध्यमबाट कुराकानी गर्न समेत सम्भव हुने बिबिसीले लेखेको छ । कम्पनीका अनुसार उक्त घडीमा मोबाइलसँग सम्पर्क गर्ने प्रविधि जोडिएको हुन्छ । ब्लुतुथ मार्फत मोबाइलसँग घडिको सम्पर्क स्थापित हुन्छ । मानिसले घडीमार्फत कुराकानी तथा अन्य काम भइ रहेको बेला मोबाइल पनि सक्रिय बन्दछ । उक्त घडीले एन्ड्रोइड, आइओएस लगायतका मोबाइलसँग सम्बन्धित भएर काम गर्ने समाचारमा जनाईएको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts