Headlines News :
Home » » पुच्छर भएको बच्चाले मच्चायो हंगामा

पुच्छर भएको बच्चाले मच्चायो हंगामा

भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिए पछि चर्चा चलेको हो । अस्पताल स्रोतका अनुसार बच्चाको स्वास्थ्य स्थिति राम्रो रहेको र आमाको दुध लगातार खाइ रहेको जनाइएको छ । फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ । बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिटीका कुलपति डा. लालजी सिंहले अनुसन्धान पनि सुरु गरिसकेका छन् । प्रसुतिमा संलग्न डा. रीना सिंहले बताए अनुसार अपरेशन गरेर उक्त पुच्छर फाल्न सकिने तर बच्चाको बाबुआमाको चिन्ताको कारण अहिल्यै त्यसो गर्न नमिल्ने बताउँछिन् ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts