Headlines News :
Home » » एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान

एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान

एजेन्सी । भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् । मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् । अहिले भारतमा लोकसभा निर्वाचन चलिरहेका कारण पनि उनको परिवारमा राजनीतिको विशेष चासो छ । मिजोरममा शुक्रबार मतदान हुँदैछ । चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् । चानाको घरमा परिवारका लागि १ सय वटा कोठा छन् । चानाकी श्रीमती मध्ये १ रुक्मिणीले आफूहरु सबैजना सँगै गएर एकै उम्मेदवारलाई मत हाल्ने बताइन् । एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो । उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् ।घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts